काठमाडौँ ।
सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमा शुल्क भुक्तानी ई–सेवा र खल्तीमार्फत गर्ने ग्राहकका लागि क्यास ब्याक अफर ल्याएको छ ।
कम्पनीले जनाएको अनुसार बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मिति पछि सात दिनभित्र प्रिमियम तिर्ने ग्राहकले बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।
यो अफर असोज १ देखि मंसिर २९, २०८२ सम्म लागू हुनेछ । कम्पनीका अनुसार, यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै बीमा सेवा अझ सहज, सुरक्षित र ग्राहकमैत्री बन्ने अपेक्षा गरिएको छ ।
थप जानकारीका लागि ९८०१२३४४४४ वा ०१–४५३६१२६÷२७÷२८ मा सम्पर्क गर्न सकिनेछ । साथै, [email protected]मा इमेल पठाउन सकिनेछ ।











प्रतिक्रिया