सन् २०२४ अगस्ट ५ तारिख, स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे । बंगलादेशकी लामो समयदेखि सत्तामा रहेकी प्रधानमन्त्री शेख हसीना राजीनामा दिएर देशबाट भागिन् । यो घटनाले दक्षिण एसियाको सबैभन्दा जरा गाडेको शासन व्यवस्थामध्ये एकको नाटकीय पतनको बयान गर्दै थियो । उनको बहिर्गमनको कारण थियो जनविद्रोह । उक्त जनविद्रोहको छाललाई “भेदभाव विरोधी विद्यार्थी आन्दोलन” ले अगुवाइ गरेको थियो । जसले ठीक त्यसको अघिल्लो दिन “ढाकातर्फ लामो मार्च” को ऐतिहासिक आह्वान गरेको थियो । देशभरिबाट ५० लाखभन्दा बढी जनताहरूले त्यस आह्वानमा साथ दिएका थिए ।
मोबाइल र इन्टरनेट सेवा २४ घण्टा अघिदेखि बन्द गरिएको र सोही बिहानदेखि लगभग सम्पूर्ण ब्रडब्यान्ड पनि ठप्प पारिएका थिए । तर, पनि कुनै डिजिटल पूर्वाधारबिना नै सिंगो राष्ट्रलाई संगठित गर्ने एक विशाल चुनौतीको सामना गर्दै थिए आन्दोलनकारीहरू । तर, सन्देशहरू पहिल्यै नै प्रवाह गरिएकाले “शाहबागमा दिउँसो २ बजे” भन्ने एउटा सरल निर्देशनमार्फत जनतालाई प्रतिरोधको प्रतीकस्थल शाहबागतर्फ डो¥यायो । शाहबाग, बंगलादेशका अघिल्ला थुप्रै विद्यार्थी आन्दोलनको ऐतिहासिक केन्द्र थियो र फेरि एकपटक क्रान्तिको मुटु बन्दै थियो । प्रधानमन्त्री निवास “गणभवन” तर्फ जाने सडकहरूमा फलामे तारको बार लगाइए पनि प्रदर्शनकारीहरूको भेल यति विशाल थियो कि रोक्न असम्भव भयो । अन्ततः सेना पछि हट्यो र शासन प्रणाली औपचारिकताबिना नै भत्कियो ।
त्यो क्षण शेख हसिनाको शासनको आकस्मिक अन्त्यको संकेत थियो र उनको पार्टी “आवामी लिग” को चौध वर्ष लामो सत्ताधारी युगको समाप्ति पनि थियो ।
देशले यसअघि पनि सडक सुरक्षाका मागदेखि असमान सरकारी जागिर कोटाविरुद्ध लगायतका विभिन्न विद्यार्थी आन्दोलनहरू देखेको थियो । तर, कुनै पनि आन्दोलनले यो पटकको जति समन्वय, आकार वा भावनात्मक प्रभाव ल्याउन सकेको थिएन । सरकारी रोजगारीमा प्रणालीगत विभेदको विरोधबाट शुरू भएको यो अभियान एउटा राष्ट्रिय चेतनाको रुप लिन पुग्यो । त्यसको अगुवाइ लगभग सम्पूर्ण रूपमा १३ देखि २८ वर्ष उमेर मानिएको “जेन–जी” पुस्ताले ग¥यो । जन्मजात डिजिटल युगका यी युवाहरूलाई सरकारले दबाउन खोजेको सामाजिक सञ्जाल, मिमीहरू र विकेन्द्रित डिजिटल प्लेटफर्महरू नै यो आन्दोलनका कारण बन्यो ।
आन्दोलनको टर्निङ प्वाइन्ट
यो आन्दोलनको निर्णायक मोड जुलाई १६ मा आयो । जब २५ वर्षीय प्रदर्शनकारी अबु सईदलाई प्रहरीले गोली हानेको ३० सेकेन्डको भिडियो भाइरल बन्यो । भिडियो हृदयविदारक थियो । अबु सईद निहत्था थिए । दुबै हात फैलाएको अवस्थामा, दुई प्रहरीले गोली प्रहार हानेका थिए । रंगपुरको बेगम रोकेया विश्वविद्यालयका विद्यार्थी सईदको मृत्युले विधार्थी आन्दोलनलाई राष्ट्रिय आक्रोशमा रूपान्तरण गरिदियो । उक्त भिडियो फेसबुकमा फैलिएको केही घण्टामै लाखौं जनता सडकमा ओर्लिए । सरकारको प्रतिक्रिया आक्रामक थियो । मोबाइल डाटा बन्द गरिए, ब्रडब्यान्ड सेवा रोकिए र फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू प्रतिबन्धित गरिए । तर, यी सबै ब्ल्याक आउटहरूका बावजुद पनि आन्दोलन अविश्वसनीय गतिमा अगाडी बढ्यो ।
मुख्यधारका प्लेटफर्महरूबाट हटेर आन्दोलनकारीहरू एसएमएस नेटवर्क, गोप्य मेसेजिङ एपहरू र स्थानीय डिजिटल नेटवर्कहरूमा सरेका थिए । इन्स्टाग्राममा जेन–जी कार्यकर्ताहरूले रणनीतिक सञ्चार केन्द्रहरू निर्माण गरे । “डिफेन्स एगेन्स्ट एन अनजस्ट सोसाइटी” र “कोटा रिफर्मः बंगलादेश अपराईजिंग” जस्ता प्रसारण च्यानलहरूले निष्पक्ष सूचना र कार्ययोजना प्रवाह गर्न सहयोग गरे ।
यी च्यानलहरू सबै आन्दोलनको केन्द्रीय नेतृत्वसँग औपचारिक रूपमा सम्बन्धित थिएनन् । तर पनि प्रभावकारी बन्यो । वास्तवमा “कोटा रिफर्म” च्यानल एउटा पूर्व मिमी एकाउन्ट बंगलादेशी शीटपोस्टिंग्सका एडमिनहरूले चलाएको थियो । ३४ हजार फलोअर्स रहेको त्यो हास्यव्यंग सम्बन्धित एकाउन्टलाई आन्दोलनको सामग्री प्रसार र समन्वयका गर्नका लागि प्रयोग गरिएको थियो । व्यंग्यबाट ऐक्यबद्धतामा रूपान्तरण हुँदै अरू मिमि पेजहरू पनि समर्थनमा उत्रिए । “आइज अन बंगलादेश” र “द बंगलादेशी भ्वाइस” डिजिटल प्रतिरोधका नयाँ आधार बने । अन्ततः शेख हसीनाको पतन कुनै अनुभवी राजनीतिज्ञ वा अन्तर्राष्ट्रिय संस्थाले होइन, स्मार्टफोन, मिमि र आफ्नै भविष्यप्रति समर्पित इच्छाशक्ति बोकेका विद्यार्थीहरूद्वारा गरिएको अगुवाइमा भएको थियो । इन्टरनेट बन्द गरिएको बेला पनि उनीहरू एक–अर्कामा भर परे । परम्परागत सञ्चारमाध्यम खोसिएको बेला उनीहरूले आफ्नै माध्यम बनाए । बंगलादेशको जेन–जी आन्दोलनले के प्रमाणित ग¥यो भने दमनको युगमा पनि प्रतिरोध भाइरल हुन सक्छ र कहिलेकाहीँ “शाहबागमा दिउँसो २ बजे” भन्ने एउटा साधारण सन्देश पनि सिंगो शासन ढाल्न पर्याप्त हुन्छ ।











प्रतिक्रिया