काठमाडौँ ।
यही भदौ २३ गते सोमबार सुरु भएको जेनजी आन्दोलनका कारण अन्य क्षेत्रजस्तै पुँजी बजार पनि ठप्प छ । मंगलबारदेखि सेयर कारोबार हुन सकेको छैन ।
नेपाल स्टक एक्सचेन्जले विज्ञप्ति जारी गरेर २९ भदौदेखि सेयर कारोबार हुने सुचारु हुने बताएको थियो । तर अर्को सूचना जारी गरेर असोज २ गतेसम्म सेयर कारोबार नहुने जानकारी दिएको छ ।
सानातिना घटनाक्रम र हल्लाले समेत प्रभावित हुने नेपालको सेयर बजारलाई अहिलेको ठूलो घटनाले कस्तो असर पर्ला भन्ने सर्वत्र चासो र चिन्ता छ । नेपालको सेयर बजारमा करिब ७० लाख मानिस जोडिइसेका कारण यसप्रति चिन्ता हुनु स्वाभाविक पनि हो ।











प्रतिक्रिया