कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीले प्रथमिक सेयर निष्काशन गर्ने


काठमाण्डौँ
कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकामा भएको व्यवस्थाबमोजिम निकट भविष्यमा नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ ।

कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा श्री नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

जारी पूँजी ८० करोड रुपियाँ रहेको कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडकले जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको छ भने ७० प्रतिशतले हुने रकम हाल धितोपत्र बोर्डको लगानी कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धि निर्देशन तथा निर्देशिकाको अधिनमा रही विभिन्न पर्यटन क्षेत्रअन्तर्गत विभिन्न केबलकार कम्पनीमा, विभिन्न ऊर्जा कम्पनीमा र कृषि उत्पादन क्षेत्रमा लगानी गर्दै आईरहेको छ ।

आज भएको सो सम्झौतामा श्री कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गर्नुभएको थियो ।