काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आज गोदावरीस्थित सनराइज हलमा सुरु हुँदै छ। उद्घाटन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। महाधिवेशनमा राजनीतिक, संगठनात्मक र विधान संशोधन सम्बन्धी प्रतिवेदनहरू प्रस्तुत गरिनेछ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार भोलि समूहगत छलफल, भदौ २२ मा सुझावको प्रस्तुतीकरण र निर्वाचन सम्पन्न गरी महाधिवेशन समापन गरिने छ। देशभरिबाट २,०२६ प्रतिनिधि र ३१५ आयोजकसहित कुल २,३४१ जना सहभागी हुनेछन्।











प्रतिक्रिया