संयुक्त उर्जा लिमिटेडले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त


संयुक्त उर्जा लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने १०० रुपियाँ अंकित दरका ४१,६०,००० कित्ताले हुन आउने रु.४१,६०,००,००० रुपियाँ रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठ र संयुक्त उर्जा लिमिटेडका तर्फबाट प्रबन्ध संचालक गोपालप्रसाद निउरेले हस्ताक्षर गर्नुभएको छ ।

संयुक्तउर्जा लिमिटेडले म्याग्दी जिल्लाको रघुगंगा गाउँपालकामा रहेको २१.३ मेगावाट क्षमताको ठूलो खोला जलबिद्युत आयोजना निर्माण कार्य सम्पन्न भई व्यापारिक उत्पादन शुरु भईसकेको छ ।