काठमाडौँ
नेपालको पूँजी बजारको इतिहासमै हालसम्मकै ठूलो सामूहिक लगानी कोष योजना एचएल आई लार्ज क्याप फण्डमा प्रारम्भिक आकारअनुसारको ४ अर्व बराबरको रकम आवेदकबाट लगानी भइसकेको जानकारी सम्वद्ध श्रोतबाट प्राप्त भएको छ ।
उक्त योजनाको निष्कासन अवधि आगामी बिहिवारसम्मका लागि थप गरिएको जानकारी प्राप्त भएको छ र यथासिघ्र बाँडफाँट कार्यसमेत सम्पन्न गरीने जानकारीसमेत प्राप्त भएको छ ।
योजनाले विभिन्न वित्तीय उपकरणहरु मध्ये स्थिर आय भएका तथा बजार पूँजिकरण ठूलो भएका सूचिकृत कम्पनीमा बढी केन्द्रित भई लगानी गरिने र इकाईधनीको लगानीसँग सम्बन्धित उच्च जोखिमलाई न्यूनीकरण गर्दै योजनाको अवधिभर निरन्तर समुचित प्रतिफल प्रदान गर्ने उद्देश्य राखेको छ ।











प्रतिक्रिया