काठमाडौं ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी पूर्व केन्द्रीय सदस्य तथा लोकप्रिय लोकदोहोरी गायिका रमिला न्यौपाने मातृशोकमा परेकी छन्। उनकी आमाको निधन भएको खबर सार्वजनिक भएपछि सांगीतिक क्षेत्रमा समेत शोक छाएको छ।
प्रतिष्ठानका केन्द्रीय सदस्य खुमन अधिकारीले सामाजिक सञ्जालमार्फत दुःखद् जानकारी दिँदै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले भनेका छन्,
“शोकको यस घडीमा दिवंगत आमाको आत्माको चिरशान्तिको कामना गर्दछु। साथै, गायिका रमिला न्यौपानेसहित सम्पूर्ण शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।”
आमाको निधनले गायिका न्यौपाने मात्र होइन, सम्पूर्ण लोकसंगीत परिवारलाई स्तब्ध बनाएको छ। नेपाली लोकदोहोरी क्षेत्रमा योगदान दिँदै आएकी उनी आज जीवनको गहिरो पीडामय क्षणमा पुगेकी छन्।











प्रतिक्रिया