धुलिखेलमा गुणस्तरीय पिउने पानी उत्पादनमा जोड

बागमती प्रदेशमा स्रोत प्रशस्त, उद्योगको सम्भावना उच्च

3.57k
Shares

धुलिखेल। 

 बागमती प्रदेशमा गुणस्तरीय, सफा र स्वच्छ पिउने पानी उत्पादनका लागि पर्याप्त स्रोतहरू उपलब्ध छन्। यस क्षेत्रमा हाल सञ्चालनमा रहेका उद्योगहरूले उत्पादन गर्ने क्षमताभन्दा बढी मात्रामा सञ्चालन गर्ने सम्भावनासमेत प्रदेशमा छ।

शनिवार धुलिखेलमा आयोजित नेपाल वाटर बोटल उद्योग संघको १४औँ वार्षिकोत्सवमा उपसभामुख अप्सरा चापागाईँले प्रदेशमा पानी स्रोतको सदुपयोग गर्दै जनस्वास्थ्यको दृष्टिकोणबाट गम्भीरतापूर्वक काम गर्न उद्योगीहरूलाई आग्रह गरिन् । उनले भनिन् , “यो सम्भावनालाई सही रूपमा उपयोग गर्दै जनस्वास्थ्यमा प्रभाव पार्ने गरी काम गर्न आवश्यक छ ।”

उपसभामुख चापागाईँले बागमती प्रदेशमा प्राकृतिक स्रोतहरू—पानी, कृषि र वन—विशेष समय र सामान्य समयमा बढी उठ्ने उल्लेख गर्दै प्रदेशमा ६ वटा समितिहरू कार्यरत रहेको जानकारी दिइन् । “पिउने पानी सम्बन्धी समिति पनि यीमध्ये एक हो। खानेपानी सफा हुनुका साथै मूल्यमा एकरुपता हुनु आवश्यक छ,” उनले ७ सय भन्दा बढी उद्योग ३५ जिल्लामा विस्तार भैसकेको अवस्थामा गुणस्तरमा ध्यान दिन उद्योगीहरूको ध्यानाकर्षण गराइन्।

जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खानेपानीको शुद्धताका लागि आवश्यक परे थप नीति, नियम र कानुन बनाउन आफू तदारुकताका साथ लाग्ने उनले स्पष्ट परिन् । “सम्बन्धित समितिसँग समन्वय आवश्यक परे, म पूर्ण सहयोग गर्नेछु,” उपसभामुख चापागाईँले भनिन् ।

उनले संघलाई महासङ्घमा विस्तार गर्नु ठूलो जिम्मेवारी र चुनौतीको विषय भएको बताउँदै, नेतृत्वमा योग्य व्यक्तिहरू आउनुपर्नेमा जोड दिइन् । महासङ्घमा काम सजिलो मात्र नभएर अप्ठ्यारो पनि हुने भएकाले सामान्यदेखि विशेष कामसम्म जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आफ्नो विगतको सामुदायिक वन उपभोक्ता महासंघ स्थापना देखि बर्षौ काम गर्दाको अनुभवलाई समेटिएको उनको भनाइ थियो ।

उपसभामुख चापागाईँले आफ्नो अनुभव पनि साझा गरिन् । “मैले नेपालको सामुदायिक वन उपभोक्ता महासङ्घ स्थापना गर्दा पहिलो महिला अध्यक्षको रूपमा काम गर्दा बटुलेको अनुभवले आजको यो सुद्ध पानीको व्यवस्थापनको क्षेत्रमा कार्यरत उद्योगीहरुको इच्छा, चाहना र आम नागरिकको स्वास्थ्य प्रतिको महत्त्व बुझेको छु । यसले समाजमा ठूलो प्रभाव पार्छ,” उनले भनिन् ।

पानीको जारमा लेउ लाग्नेदेखि बजार मूल्य फरक–फरक हुने विषयसम्म ध्यान दिँदै, उपसभामुखले सुद्ध र गुणस्तरीय पिउने पानीमा ध्यान दिनुपर्ने अभियानमा उद्योगीहरू अग्रसर हुनुपर्ने बताइन् । उनले यो प्रयासले नेपाललाई विश्वसामु चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

यस अवसरमा उद्योगीहरूले पनि गुणस्तरीय र स्वच्छ पिउने पानी उत्पादनमा लगानी र विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्। प्रदेशका अधिकारीहरू र उद्योग संघबीच समन्वयका माध्यमबाट खानेपानीको पहुँच, मूल्य र गुणस्तरमा सुधारको वातावरण निर्माण गर्ने योजनाहरू अगाडि बढाइँदै छन्। । 

नेपालमा पानीको गुणस्तर र स्वच्छता सुनिश्चित गर्नु मात्र स्वास्थ्यको लागि नभएर अर्थतन्त्र र पर्यटन प्रवद्र्धनका लागि समेत महत्वपूर्ण रहेको विज्ञहरूले बताउँछन्। । उपसभामुख चापागाईँले पानीको जारमा लेउ लाग्ने देखि बजार मूल्य फरक फरक हुने सम्मका बिषयमा ध्यान दिई सुद्ध र गुणस्तरिय पिउने पानीमा ध्यान दिने अभियानमा अघि बढी नेपाललाई विश्व सामु चिनाउँन सक्नेछ भन्दै शुभकामना व्यक्त गरिन् ।

सोही अवसरमा काभ्रे  जिल्ला समन्वय समितिका सभापनि दीपक गौतमले खानेपानी नभए कुनै पनि प्राणी बाच्दैन त्यसैले जीवनको अमूल्य चीज पानी सुद्ध, स्वच्छ र गुणस्तरिय बनाउँनुस यसको दीर्घकाल सम्म भविष्य उज्ज्वल रहनेछ । तपाईले व्यापार गर्दा मानव जीवनको रक्षा र स्वास्थ्यमा पनि ध्यान दिनुस भने । 

सोही अवसरमा नेपाल वाटर बोटल उद्योग संघका अध्यक्ष ध्रुव  गौतमले १४ औं अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता गरेका थिए ।