मुक्तिनाथ कृषि कम्पनीको आधुनिक थोक कृषि बजार कार्यशाला : खोजियो समाधान र प्रभावकारिता


काठमाडौँ
मुक्तिनाथ कृषि कम्पनीले आज कृषि सम्बन्धी वृहत कार्यशाला र बहस कार्यक्रम आयोजना गरेको छ । नेपालमा आधुनिक थोक कृषि बजारको बारेमा वृहत बहस हु्ने गरि कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम मार्फत नेपालको समस्याको समाधान र प्रभावकारी रुपमा कसरी अघि बढ्ने भन्ने विषयको छलफल भएको हो । कार्यक्रम कृषि तथा पशुपन्छि विकास मन्त्रालय लगायतका नियकाहरुको सहकार्यमा भएको थियो । कृषि मन्त्री रामनाथ अधिकारी, कृषि सचिव, नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक निजी क्षेत्रका प्रतिनिधी र सरोकारवाला निकायका व्यक्तिहरुलाई ल्याएर छलफल गराइएको थियो । छलफलले सरोकारवालाहरुको मर्मलाई अघि सारेर समाधानको बाटो खोजी गरिएको हो ।

कार्यक्रममा कृषि मन्त्री रामनाथ अघिकारीले कृषकको जीवनस्तर उकास्ने गरि निजी नियम बनाउन सरकार तत्पर रहेको बताए । उनले आफु मन्त्री हुँदा मात्रै नभई सधैभरी यो विषयमा सोच्ने समेत बताए । देशमा तीन किसिमका कृषक रहेको बताएका छन् । आज शुक्रबार मुक्तिनाथ कृषि कम्पनीले आयोजना गरेको कार्यक्रममा बोल्दै कृषि मन्त्री अधिकारीले देशमा निमुखा, आत्मनिर्भर र व्यवसायीक कृषक रहेको बताएका हुन् ।

उनले भने ‘निमुखा कृषकको जीवनस्तर उकास्न, आत्म निर्भर कृषकलाई व्यवसायतर्फ उन्मुख बनाउन र व्यवसायीक कृषकलाई व्यवस्थित गर्ने चुनौती छ । म कृषि मन्त्री नभए पनि नभएपनि कृषि क्षेत्रको विकास र विस्तारमा सधै लागिरहने छु । म किसानको छोरो हुँ, किसानसँग मेरो आत्मियत छ, त्यसैले यो क्षेत्रको वृद्धि विकास गर्न म सधै लाग्ने छु ।’

कार्यक्रममा कृषि मन्त्री अधिकारीले धादिङको एक महिलालाई कृषि क्षेत्रमा लाग्न आफूले गरेको प्रयास सफल भएको पनि बताए । ‘एउटा बहिनीलाई ३५ हजार रुपैयाँ संकलन गरेर चामल किनेर खाए सहयोग नगर्ने र आफूसँग भएको जेथामा तरकारी खेती गरेमा आवश्यक सहयोग गर्ने बताएर पठाएको र उनले तरकारी खेती गरेर २ वर्षमा राम्रो ब्लाउज लगाउन सक्ने भएको पनि स्मरण गरे ।

निजी क्षेत्रबाट मुक्तिनाथ कृषि कम्पनीले कृषि क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्र निर्माणमा टेवा पुर्याएको पनि उनले बताए । ‘कृषि क्षेत्रमा काम गर्ने यो अग्रणी कम्पनी हो । यस्तै कम्पनी अरुबाट पनि खोलिनु पर्छ,’ उनले थपे ।

आजको बहसमा बजारको व्यवस्थितिकरण, उत्पादनको स्थिति र लगानीको बाटोसम्मको लागि छलफल भएको थियो । नयाँ नीति निर्माण देखि नियामक निकायको स्थापना सम्मका विषय उठेका छन् । नेपालको थोक बजारको स्थिति, अन्तर्राष्ट्रियस्तरको थोक बजार अपरिहार्यता र नेपालमा कृषि क्षेत्रमा काम गर्नेहरुको समेत छलफल भएको हो ।

प्यानल डिस्कसनदेखि मन्यव्यसम्मको कार्यक्रममा नेपालको कृषि क्षेत्रलाई सबल बनाउन गुणस्तरिय उत्पादनदेखि बजार र प्रशोधन उद्योग स्थापना लगायतका विषयहरु उठान भैरहेका छन् ।