पृथ्वी लोकमार्ग  एकतर्फी सुचारु


धादिङ ।

 पृथ्वी लोकमार्ग  एकतर्फी रुपमा  सुचारु भएको छ। आज (शनिवार ) बिहान ६:४० बजेतिर बेनिघाट रोराङ गाउँपालिका–१० तिन्लाङ खानी बादरे मोडमा वर्षातका कारण ढुङ्गा सहितको ठूलो पहिरो खस्दा पृथ्वी लोकमार्ग दुईतर्फी अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध भएपछि ई.प्र.का. गजुरीका प्रमुख नायब उपरीक्षक विकाश थापाको कमाण्डमा १५ जना सुरक्षाकर्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमाण्डमा ७ जना गरी कुल २२ जनाको टोली परिचालन गरिएको छ।

अहिले बिहान देखि दुईवटा मेसिन प्रयोग गरी एक तर्फी सडक सुचारु गरिएको प्रहरीले जनाएको छ।