काठमाडौं ।
नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई लिएर दिएको टिप्पणीप्रति भण्डारीले आश्चर्य व्यक्त गरेकी छन्।
ओलीले भण्डारी राजनीतिमा फर्किए भीम रावलजस्तै चुनाव हार्ने र असन्तुष्ट हुने टिप्पणी गरेका थिए। उक्त क्लिप हेरेपछि भण्डारीले ‘के बोल्नुभएको होला’ भन्दै प्रतिक्रिया दिएकी हुन्।
भेटमा उनले आफू एमालेभित्र आन्तरिक संघर्ष गर्न तयार रहेको बताउँदै, वाम आन्दोलनको टुटफुटप्रति चुप लागेर बस्न नसक्ने धारणा राखिन्।
साथै, भण्डारीले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरिन् र वाम दलबीच सहकार्य आवश्यक रहेको बताइन्।











प्रतिक्रिया