राप्रपाले लिम्पियाधुरा–लिपुलेकबारे संयुक्त राष्ट्रसंघमा कुरा उठाउन माग


काठमाडौं।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालको सीमावर्ती क्षेत्र लिम्पियाधुरा र लिपुलेकसम्बन्धी विषय संयुक्त राष्ट्रसंघमा उठाउन माग गरेको छ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भारत र चीनबीच नेपालको भूमिलाई समेटेर गरिएको व्यापार सम्झौताको विषयमा सदस्यको हैसियतमा संयुक्त राष्ट्रसंघमा छलफल गर्न आग्रह गरेका हुन्।

शाहीले नेपालका सीमाहरु सुरक्षित राख्न सरकारलाई थप संवेदनशील हुन सुझाव दिएका छन्।