प्रतिनिधिसभाको भदौ महिनाको क्यालेन्डर तय


काठमाडौँ ।

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले भदौ महिनाको बैठक क्यालेन्डर तय गरेको छ।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको समितिको बैठकले प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि क्यालेन्डर तय गरेको हो।

बिहीबार सिंहदरवारमा भएको छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र रास्वपाका प्रमुख सचेतकहरूको सहभागिता रहेको थियो।