मन्त्रिपरिषद् बैठककाे निर्णय : विशेष अदालतमा अध्यक्ष भट्ट


काठमाडौँ ।

मन्त्रिपरिषद् बैठकले विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।

न्याय परिषद्को सिफारिसमा उच्च अदालत पाटनका न्यायाधीश भट्टलाई अध्यक्ष बनाइएको हो। परिषद्ले विशेष अदालतका लागि अध्यक्षसहित चार सदस्यको सिफारिस गरेको थियो।

सदस्यहरूमा न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला रहेका छन्।

हालसम्म अध्यक्ष रहेका टेकनारायण कुँवर उच्च अदालत जनकपुरमा सरुवा भएका छन्।