प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, एससीओ शिखर सम्मेलनमा सहभागिता


काठमाडौँ ।

मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ। प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल शनिबार चीन प्रस्थान गर्दैछ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित अन्य देशका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीले साङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिनेछन्। नेपालको उच्चस्तरीय सहभागिता चीनसँगको सम्बन्ध मजबुत बनाउन र बहुपक्षीय सहकार्यमा नेपालको सक्रियता दर्शाउन महत्वपूर्ण मानिएको छ। प्रधानमन्त्रीको टोली भदौ १८ गते स्वदेश फर्किनेछ।