देशभर वर्षा, धेरै नदीमा आकस्मिक बाढीको सम्भावना


काठमाडौँ ।

मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ दक्षिणतिर सरकिएको र पश्चिमतर्फ सामान्य अवस्थामा रहेकाले देशभर साधारण बदली रही अधिकांश स्थानमा हल्का–मध्यम वर्षा भइरहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार प्रमुख नदी–नाला हाल सतर्कता तहभन्दा तल रहे पनि शुक्रबार दोलखा, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै जिल्लामा स–साना नदीको बहाव उल्लेख्य बढ्ने र कतिपयमा आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको छ।

कोशी, प्रदेश १ का पहाडी जिल्लासहित मध्य–पश्चिम र हिमाली क्षेत्रका केही नदीमा समेत आकस्मिक बाढीको सम्भावना देखिएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।