आईसिएफसी फाइनान्स लिमिटेडले ५० करोड रुपियाँको ऋणपत्र निष्काशन गर्ने


काठमाण्डौँ
आई.सि.एफ.सि फाइनान्स लिमिटेडले पचास करोड रुपैयाँ बराबरको ऋणपत्र “८% आई.सि.एफ.सि.फाइनान्स लिमिटेड डिबेञ्चर—२०८९” निष्काशन गर्ने भएको छ ।

कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौता पत्रमा आईसिएफसी फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको  छ ।

नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालयलगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्काशन गरिने कम्पनीले जनाएको छ ।

यस कम्पनीले २१ शाखा कार्यलयहरु र १८ वटा एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।