बालेन लिफ्टमै सीमित, नागरिक खाल्डामै पीडित


काठमाडौं ।

काठमाडौं महानगरको सडक यति बेला खाल्डाखुल्डी र पानीले भरिएको छ । पानी पर्दा तलाउ बन्ने सडकहरु पानी नपर्दा धूलो धुवाँले भरिएको हुन्छ । नागरिक हरेक दिन सास्ती खेपिरहेका छन् तर मेयर बालेनको नजर भने फुटपाथ र सुकुम्बासीतर्फ मात्रै केन्द्रित छ ।

काठमाडौंका सडक अहिले यात्रा गर्नेभन्दा पनि कष्ट सहने ठाउँ बनेका छन् । धूलोले सासै लिन गाह्रो, पानी परे तालझैं, खाल्डाखुल्डी र धूलोको साम्राज्य । नागरिकले दिनहुँ सामना गरिरहेको पीडा महानगरले किन नदेखेको होला मेयर साब ? मेयरको टिम फुटपाथ र स–साना एजेन्डामा व्यस्त हुँदा सडकको प्राथमिक समस्यामा बेवास्ता भइरहेको छ । कार्यालयमा आफू मात्रै लिफ्टमा चढ्ने बानी बसाल्नुभएका मेयर बालेन सहर डुल्न छोड्नुभएको हो कि डुलेर पनि नदेख्नुभएको हो ?


१. कामपा–६ बौद्धमा धेरै वर्षदेखि बेवास्ता गरी छाडिएको भित्री सडक ।
२. कामपा शंंखमूलको हिलाम्मे सडक हुँदै आफ्नो गन्तव्यतर्फ लागिरहेका स्थानीय ।
३. कामपा म्हेपीमा रहेको भित्री सडकको अवस्था ।
४. चुच्चेपाटीमा खनेर छोडिएको फुटपाथ ।
५. बौद्धमा रहेको भित्री सडकको मंगल भत्केपश्चात ।
६. म्हेपीमा रहेको भित्री सड़कको अवस्था

तस्वीर : अनिल आङदेम्बे