काठमाडौं ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा सक्रिय रहेकाले देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको छ।
कोशी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा भएको छ भने दिउँसो देशभरि नै बदली रहनेछ। सातै प्रदेशका पहाडी भूभागहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद गोविन्द झाले बताएका छन्।
कोशी, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ। राति पनि देशभरि बदली रहनेछ भने कोशी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ। भोलिदेखि भने मौसममा सुधार आउने अनुमान गरिएको छ।











प्रतिक्रिया