काठमाडौँ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भदौ महिनाको संसद् क्यालेन्डर निर्धारणका लागि पाँच प्रमुख राष्ट्रिय दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा सत्तारुढ दल नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सचेतक अनिसा नेपाली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।
आगामी शुक्रबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकपछि क्यालेन्डर सार्वजनिक गरिने बताइएको छ।











प्रतिक्रिया