देशका विभिन्न स्थानमा चार शव फेला


काठमाडौं ।

देशका विभिन्न स्थानहरूमा चार जनाको शव फेला परेको छ।

काठमाडौं महानगरपालिका–८ स्थित पशुपति आर्यघाट नजिक अन्दाजी ४५ वर्षी महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन्।

सुर्खेतको वीरेन्द्रनगर–११ स्थित झुप्रा खोलामा अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत भेटिएका छन्।बारा, महागढीमाई–८ थलही पुल नजिकै ३५ वर्षीय जितेन्द्र गिरीको शव फेला परेको छ।

बझाङ, जयपृथ्वी–१ स्थित डुङ्ग्री खोलाको कुयापानी भन्ने स्थानमा ५५ वर्षीय रामचन्द्र बोहरा मृत भेटिएका छन्।संबन्धित घटनाहरूको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।