काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई चार दिन हिरासतमा राख्ने अनुमति दिइएको छ।
काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पाँडेलाई हिरासतमा राख्न मिल्ने अनुमति दिएको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिएका हुन्।
पाँडेविरुद्ध एक महिलाले सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दर्ता गराएकी थिइन्। जाहेरी परेपछि बुधबार पाँडे आफैँ काठमाडौंस्थित साइबर ब्युरोमा उपस्थित भएका थिए।
पाँडेविरुद्ध हाल अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया