६० केजी गाँजा बरामद


बारा ।

सिम्रौनगढ नगरपालिका–१ स्थित ननसागारा बाँधबाट प्रहरीले करिब ६० किलो अवैध गाँजा बुधबार राति बरामद गरेको छ।

अमृतगंज खजानी प्रहरी चौकीबाट खटिएको टोलीलाई देखेपछि नेपालबाट भारततर्फ जाँदै गरेका पाँच जना व्यक्तिले चारवटा पोका फालेर फरार भएका थिए।

प्रहरीले ती पोकाको तलासी गर्दा गाँजा फेला पारेको हो। हाल फरार व्यक्तिहरूको खोजी तथा आवश्यक अनुसन्धान जारी रहेको प्रहरी जनाएको छ।