जुवातास खेल्दै गरेका ३१ जना तीन जिल्लाबाट पक्राउ


काठमाडौं ।

कैलाली र नुवाकोटमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले कुल ३१ जनालाई पक्राउ गरेको छ।

काठमाडौं स्वयम्भूस्थित सुन्तली तामाङको कोठाबाट ७ जना, कैलालीको बसन्तपुरबाट २ जना र नुवाकोटको गुर्जेमा रहेको बार्दली होटलबाट २२ जनालाई पक्राउ गरिएको हो।

प्रहरीले घटनास्थलहरूबाट झण्डै ११ लाख नगद, तासका बुक र कौडा पनि बरामद गरेको छ। फरार रहेका अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ।