काठमाडौं ।
देशभरका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ परेका छन्।
काठमाडौंको गोकर्णेश्वरबाट दुई जनालाई डाईजेपाम, फेनारगन र नोर्फिनसहित, कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना, बर्दियाबाट ब्राउनसुगरसहित चार जना, मोरङ, कैलाली र झापाबाट समेत लागूऔषधसहित अन्य चार जना पक्राउ परेका हुन्।
उनीहरूबाट विभिन्न प्रकारका लागूऔषध र नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ। हाल पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको छ।











प्रतिक्रिया