काठमाडौं ।
काठमाडौं र ललितपुरमा गरी करिब ११ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।
काठमाडौं तारकेश्वर-१० मा डेरा गरी बस्ने बिक्रम लायो मगरको कोठाबाट सुनका गहना र नगदसहित करिब ९ लाख ६ हजार रूपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको हो।
त्यसैगरी, ललितपुरको खोकना दोबाटोस्थित मोहन कृष्ण महर्जनको पसलबाट २ लाख रूपैयाँ नगद दिउँसो चोरी भएको प्रहरीले जनाएको छ।
हाल फरार चोरको खोजी भइरहेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।











प्रतिक्रिया