काठमाडौं ।
चाँगुनारायण नगरपालिका–८ सुडालस्थित दुलाल गाउँमा बुधबार राति आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
२७ वर्षीया रञ्जना घोरासैनीको गोठमा विद्युत सर्ट भएर आगलागी भएको हो। स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया