काठमाडौं ।
ब्रह्माकुमारीज संस्थाको पूर्व मुख्य प्रशासिका राजयोगिनी दिदी प्रकाशमणिज्यूको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा नेपालको इतिहासमै पहिलोपटक एकै दिन ५ हजार ४७ पिन्ट रगत संकलन भएको छ ।
नेपालमै एक दिनमा भएको यो संकलनले रक्तदान अभियानको हालसम्मकै रेकर्ड तोडिएको छ ।
यो अभियान ब्रह्माकुमारीजका नेपाल–भारतभर फैलिएका शाखाहरूको आयोजनामा तथा विभिन्न सामाजिक संघ–संस्थाहरूको सहकार्यमा सञ्चालन गरिएको हो । यस अन्तर्राष्ट्रिय अभियानअन्तर्गत १०० घण्टाभित्र एक लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको छ ।
यसको राष्ट्रिय शुभारम्भ भाद्र १ गते ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अभियानको पहिलो दिन अर्थात् भाद्र ६ मा नेपालभरका ब्रह्माकुमारीजका शाखाबाट संकलित रगतको विवरणअनुसार काठमाडौं क्षेत्रबाट १ हजार ७ सय ४५ पिन्ट, विराटनगर क्षेत्रबाट १ हजार ३ सय २ , नारायणगढ क्षेत्रबाट ८ सय १२, नेपालगञ्ज क्षेत्रबाट २ सय ५६, वीरगञ्ज क्षेत्रबाट २ सय २०, पोखरा क्षेत्रबाट १ सय ४९, दाङ क्षेत्रबाट १सय ३७, बुटवल क्षेत्रबाट १ सय २१, हेटौंडा क्षेत्रबाट १ सय १३, जनकपुर क्षेत्रबाट सय, भैरहवा क्षेत्रबाट ६७, राजविराज क्षेत्रबाट २५ पिन्ट गरी कुल ५ हजार ४७ पिन्ट संकलन भएको हो ।











प्रतिक्रिया