नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा, असोजभित्र सञ्चालनमा ल्याउने तयारी


काठमाडौँ ।

नेपालकै पहिलो आधुनिक नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य ९४.५ प्रतिशत पूरा भइसकेको छ र असोजभित्र सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको सडक विभागले जनाएको छ।

सुरुङ सञ्चालनपछि काठमाडौँ भित्रिने र बाहिरिने सवारी आवागमन सहज र द्रुत हुने अपेक्षा गरिएको छ। हाल सेवा प्रदायक छनोट गरी सुरुङको व्यवस्थापन, मर्मत र सञ्चालनका लागि तयारी भइरहेको छ।

उपभोग दस्तुर संकलनका लागि आरएफआईडी प्रणाली लागू गरिँदैछ, जसबाट सवारीका विन्डशिल्डमा टाँसिने ट्यागमार्फत डिजिटल रूपमा टोल तिर्न सकिनेछ।