काठमाडौं ।
ललितपुर महानगरपालिकाले आफ्ना कार्यक्षेत्रभित्र रहेका सहकारी संस्थाहरूलाई सात बुँदे निर्देशन जारी गरेको छ। सहकारी ऐन २०७५ र आर्थिक ऐन २०८२|८३ अनुसार, संस्थाले २०८२ आश्विन मसान्तभित्र लेखा परीक्षण सम्पन्न गरी विवरण महानगरमा बुझाउनुपर्नेछ।
यस्तै, वार्षिक साधारण सभा पुस महिनाभित्र सम्पन्न गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने जनाइएको छ। समयमा प्रतिवेदन नआए आर्थिक ऐनअनुसार जरिवाना लाग्ने चेतावनी दिइएको छ।
संस्थाहरूले प्रतिवेदन हार्डकपीमा बुझाउनुका साथै वेबसाइटमा विवरण अपलोड गर्नुपर्नेछ। साथै, सम्बन्धित निकायका मापदण्ड कार्यान्वयन गर्न पनि निर्देशन दिइएको छ।












प्रतिक्रिया