काठमाडौंमा जुवा खेलिरहेका ९ जना पक्राउ


काठमाडौं ।

काठमाडौं महानगरपालिका–१५, अन्नपूर्ण चोकस्थित एक घरमा जुवा खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही स्थानका ४५ वर्षीय राजु नापितसहित अन्य व्यक्ति छन्। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूबाट नगद २ लाख २१ हजार १ सय ४५ रुपैयाँ र १० बुक तास बरामद गरेको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।