काठमाडौं ।
देशभरका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ।
काठमाडौंको नागढुङ्गाबाट ट्रामाडोल र नाइट्राभेटसहित गणेश शर्मा, थलीबाट ट्रामाडोलसहित बिबेक कार्की पक्राउ परेका हुन्।
कैलालीको जुगेडाबाट खैरो हेरोइनसहित आकाश राना, सुर्खेतको सिम्तालीबाट ब्राउनसुगरसहित सुजन चौधरी, तनहुँको बेनिटारबाट डाईजेपाम, फेनारगन र बुप्रेनोर्फिनसहित दुई जना र मोरङको देउरालीबाट ट्रामाडोल र डाईजेपामसहित सुवास राईसहित दुई जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई विभिन्न सवारीसाधन र स्थानबाट पक्राउ गरिएको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।











प्रतिक्रिया