काठमाडौं ।
नेपाली कवि सन्तोष कुमार पोखरेल आउँदो सेप्टेम्बर २०–२१ मा मस्कोमा हुने दोस्रो विश्व लेखक कांग्रेसमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। वर्ल्ड अर्गनाइजेसन अफ राइटर्स (WOW) द्वारा आयोजित यो अन्तर्राष्ट्रिय कार्यक्रममा १०० भन्दा बढी देशका साहित्यिक व्यक्तित्व सहभागी हुनेछन्।
कवि पोखरेललाई रसियाको म्याक्सिम गोर्की मेडल र गोल्ड फेदर अफ रसिया जस्ता प्रतिष्ठित सम्मानहरू प्राप्त भइसकेका छन्। बहुभाषिक सिप, “पोखरेलियन स्ट्यान्जा” जस्ता नवप्रवर्तन, र विश्वव्यापी शान्ति अभियानमार्फत उनले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय फलकमा पुर्याएका छन्।
यस सहभागिताले नेपालको सांस्कृतिक पहिचान र साहित्यिक हैसियतलाई थप बलियो बनाउने विश्वास गरिएको छ।

समाचार सम्प्रेषणः माधव पोखरेल गोज्याङ्ग्रे उदयपुर











प्रतिक्रिया