इम्बोस्ड नम्बर प्लेटको विरोधमा प्रदर्शन


काठमाडौँ ।

सरकारले जारी गरेको इम्बोस्ड नम्बर प्लेटको विरोधमा ‘जाग नेपाली’ समूहले नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरूले देवनागरी लिपिको संरक्षण, भ्रष्टाचारको छानबिन, व्यक्तिगत डेटा सुरक्षाको ग्यारेन्टी र संस्कृतिमाथि आक्रमण नगर्न माग गर्दै प्लेकार्डसहित नाराबाजी गरेका थिए।

उनीहरूले इम्बोस्ड नम्बर प्लेट नेपाली पहिचान मेटाउने प्रयास भएको आरोपसमेत लगाएका छन्।