काठमाडौं ।
विराटनगरस्थित मोरङ कारागारमा एक महिला कैदी मृत फेला परेकी छन्। बुधबार बिहान महिला कैदी राखिने सेलको शौचालयमा झुण्डिएको अवस्थामा ३२ वर्षीया राधा भट्टराईलाई भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङकी डिएसपी कोपिला चुडालले जानकारी दिइन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ की भट्टराई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय काटिरहेकी थिइन्। उनले अघिल्लो वर्ष आफ्ना दुई सन्तानसहित सप्तकोशी नहरमा हामफालेकी थिइन्। त्यस क्रममा एक बच्चाको मृत्यु भएको थियो भने उनी र अर्का बच्चाको उद्धार भएको थियो।
सुनसरी जिल्ला अदालतले २०८१ कात्तिक ७ गते उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो। उनी २०८० माघ ५ गतेदेखि मोरङ कारागारमा थिइन्।
कारागार प्रशासनका अनुसार उनी प्रायः मर्ने कुरा गर्ने, एक्लै बस्ने र कोहीसँग खासै नबोल्ने समस्याले पीडित थिइन्।











प्रतिक्रिया