काठमाडौँ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय रहेकाले देशका अधिकांश भूभागमा बदलीको अवस्था छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा केही तराई क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो र राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। बाँकी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ।











प्रतिक्रिया