काठमाडौँ ।
विश्वव्यापी स्मार्ट उपकरण ब्रान्ड ओप्पोले नेपालमा आफ्नै नयाँ फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन ‘ओप्पो फाइन्ड एन–५’ सार्वजनिक गरेको छ । ८.९३ मिलिमिटर पातलो र २२९ ग्राम तौल मात्र भएको यो डिभाइस अहिले सम्मकै सबैभन्दा पातलो र हल्का बुक–स्टाइल फोल्डेबल हो ।
यसमा ८.१२ इन्चको ठूलो इनर डिस्प्ले राखिएको छ, जुन फोल्डेबल श्रेणीमै ठूलो मानिन्छ । साथै ५६०० एमएएच क्षमताको सिलिकन–कार्बन ब्याट्री प्रयोग भएकाले यसले फोल्डेबल मध्येकै लामो ब्याट्री लाइफ प्रदान गर्छ ।
फोनमा ८० वाट सुपरभुक वायर्ड चार्जिङ र ५० वाट एयरभुक वायरलेस चार्जिङ सुविधा पनि उपलब्ध छ । शक्तिशाली स्न्यापड्रागन ८ एलाइट मोबाइल प्लेटफर्ममा आधारित यसले प्रयोगकर्तालाई उच्च स्तरको कार्यसम्पादन प्रदान गर्ने कम्पनीको दाबी छ ।
फाइन्ड एन–५ पहिलो फोल्डेबल हो जसले आइपीएक्स–९ वाटर रेजिस्टेन्स प्राप्त गरेको छ । यसमा प्रयोग गरिएको टाइटेनियम फ्लेक्सन हिँजले यसलाई अझ मजबुत बनाएको छ । क्यामेरा क्षेत्रमा पनि नयाँपन ल्याउँदै यसमा पहिलो पटक ह्यासलब्लाड मास्टर क्यामेरा सिस्टम राखिएको छ, जसले प्रो–स्तरको फोटोग्राफी र सिनेम्याटिक भिडियो खिच्न सक्ने क्षमता दिन्छ ।
स्मार्टफोनमा कलरओएस १५ राखिएको छ जसमा प्रयोगकर्तामैत्री सुविधा थपिएका छन् । जस्तै, कॉल समरी (कथोपकथनको सारांश तयार गर्ने), डुअल–स्क्रिन इन्टरप्रिटर (रियल–टाइम अनुवाद), फोटो एडिटिङ टुल्स (फोटोबाट अनावश्यक वस्तु हटाउने वा धमिलो तस्बिर स्पष्ट पार्ने) र म्याक तथा आइओएस डिभाइससँग सहज रूपमा जोडिने क्षमता मूल्य र उपलब्धता ‘ओप्पो फाइन्ड एन–५’ नेपालमा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेजसहित उपलब्ध छ । यसको मूल्य २,४९,९९९ राखिएको छ । ग्राहकले शून्य प्रतिशत (०%) ईएमआई योजनामा ४० प्रतिशत डाउन पेमेंटसहित १२ महिनासम्म किस्तामा खरिद गर्न सक्नेछन् ।
सन् २००८ मा पहिलोपटक “स्माइली फेस” मोबाइल सार्वजनिक गरेदेखि ओप्पोले निरन्तर नयाँ प्रविधि र आकर्षक डिजाइनलाई प्राथमिकता दिँदै आएको छ । हाल ओप्पो ७० भन्दा बढी देशमा सञ्चालन भइरहेको छ र ४० हजारभन्दा बढी कर्मचारीसहित फाइन्ड सिरिज, रेनो सिरिज, कलरओएस तथा अन्य डिजिटल सेवाहरू उपलब्ध गराउँदै आएको छ ।











प्रतिक्रिया