२०८४ सम्म देश वैकल्पिक शक्तिको हातमा पुग्ने डा. भट्टराईको दाबी


काठमाडौं ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी २०८४ सम्म देश वैकल्पिक शक्तिहरुको हातमा जाने दाबी गरेका छन्।

पुराना दलहरूले समय अनुसार परिवर्तन गर्न नसकेको भन्दै जनताले नयाँ विकल्प खोजिरहेको उनले बताए।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रमा आधारित दलहरूको बीच मोर्चाबन्दी हुने र आफूले त्यसमा अभिभावकीय भूमिका खेल्ने बताएका छन्।