उखु किसानको आन्दोलनमा बाबुराम भट्टराईको ऐक्यबद्धता


काठमाडौँ ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आन्दोलनरत उखु किसानप्रति ऐक्यबद्धता जनाएका छन्।

मंगलबार माइतीघरमा पुगेका भट्टराईले किसानहरूको माग जायज भएको भन्दै समर्थन जनाए।उखु किसान महासंघ संघर्ष समितिको आह्वानमा आइतबारदेखि सुरु भएको आन्दोलनमा किसानहरूले प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानी, चालु आर्थिक वर्षमा अनुदानको व्यवस्था गर्न, अघिल्लो वर्षको बक्यौता एक अर्ब ६० करोड रुपैयाँ तत्काल तिर्नु पर्ने, र मूल्य निर्धारण आपसी छलफलमा आधारित हुनुपर्ने माग गरिरहेका छन्।