न्यौपानेको राजीनामा, राज्य व्यवस्था समितिको सभापति बन्ने तयारी


काठमाडौं ।

नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी छन्।

कांग्रेसले उनलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि अघि सारेको हो।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले बैठक गरी उनको नाम तय गरेका थिए।

सत्ता गठबन्धनको भागबन्डाअनुसार माओवादी केन्द्रले उम्मेदवारी नदिने निर्णय गरेकाले न्यौपाने सर्वसम्मत निर्वाचित हुने सम्भावना छ।

अब सुनुवाइ समितिमा नयाँ सभापति चयन गर्नुपर्नेछ।