लिपुलेक सम्झौताप्रति सरकार गम्भीर नभएको रास्वपाको आरोप


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिपुलेक पास हुँदै भारत र चीनबीच भएको व्यापार सम्झौताप्रति नेपाल सरकारले गम्भीरता नदेखाएको आरोप लगाएको छ।

रास्वपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख शिशिर खनालद्वारा जारी विज्ञप्तिमा नेपालको सार्वभौमसत्तासँग सम्बन्धित लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा सरकार उदासीन देखिएको जनाइएको छ।

रास्वपाले संसद्मा उठाइएको नक्सा र राष्ट्रियताको विषयलाई सरकारले बेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरेको छ।

साथै, प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा यी मुद्दा दृढताका साथ उठाउन रास्वपाले माग गरेको छ।