काठमाडौँ ।
संसदको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दिने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)मा अन्योल देखिएको छ।
बुधबार हुने निर्वाचनमा साझा उम्मेदवार बनाउने वा छुट्टै उम्मेदवारी दिने भन्नेबारे माओवादी केन्द्रले अहिलेसम्म निर्णय गरेको छैन। समितिमा माओवादीका दुई मात्रै सांसद छन्।
यसअघि ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादपछि तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि पद खाली भएको थियो।
सत्तारूढ नेपाली कांग्रेसले भने ईश्वरी न्यौपानेलाई सभापति बनाउने निर्णय गरिसकेको छ।











प्रतिक्रिया