सभापति निर्वाचन कार्यतालिका सार्वजनिक


काठमाडौँ ।

सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

सचिवालयका सचिव हर्कराज राईका अनुसार भदौ १० गते दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ।

उम्मेदवारको सूची सोही दिन सवा ४ बजे प्रकाशित हुनेछ। सभापति निर्वाचन भने भदौ ११ गते ३ बजे समितिको बैठकमार्फत हुनेछ।