तिजको अवसरमा महिला पत्रकारहरु सम्मानित

3.1k
Shares

उदयपुर ।

नेपाल पत्रकार महासंघ उदयपुर शाखाले नेपाली महिलाहरुको चाडको रुपमा रहेको हरितालिका तीजको अबसर पारेर उदयपुरका महिला पत्रकारहरुलाई सम्मान गरेको छ ।

महासंघ उदयपुरको आफ्नै कार्यालय परिसरमा आयोजित कार्याक्रममा नेपाल पत्रकार महासंघ उदयपुर शाखामा आबद्ध रहेका दुई दर्जन बढि महिला पत्रकारह?लाई महासंघले सम्मान गरेको हो ।

लामो समय देखि स्थानिय संचारगृहमा कार्यरत रहेर पत्रकारितालाई निरन्तरता दिएको भन्दै महासंघले साधारण सदस्य महिला पत्रकारहरुलाई सम्मानि गरेको हो । सम्मानित महिला पत्रकारहरुलाई कोशी प्रदेश सभाका उपसभामुख तथा कार्यक्रमका प्रमुख अतिथि सिर्जना दनुवार, त्रियुगा नगरपालिकाका नगर उपप्रमुख महेश्वरी राई, इलाका प्रशासन कार्यालय कटारीका प्रमुख कोपिला राई लगायतले प्रमाणपत्र सहित सम्मान गर्नु भएको थियो ।

यसरी सम्मानित हुनेहरुमा उर्मिला दनुवार, करुणा कार्की, दिपा दनुवार,सुनिता दनुवार, भावना थापा,चन्द्रकला ढकाल,यमुना आले, भावना राई रहेका छन् । यसैगरी सुमित्रा कोइराला, बन्दना दनुवार,गंगा राई,अनिता कार्की,सुमित्रा पोखरेल, पनि सममानित भएका छन् । सम्मानित हुने अन्य महिला पत्रकारहरुमा रमिला दनुवार लगायगतका दुई दर्जन बढी महिला पत्रकारहरु रहेका छन् । सो अवसरमा सबैलाई मिष्ठान्न भोजन सहित दर खुवाइएको थियो ।

पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भक्तिविलास पोख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिर्जना दनुवारले महिलाहरुको महान पर्व तिजलाई विशेष गरी महिला पत्रकारहरुलाई सम्मान गर्दै आयोजना गरेकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले तीजलाई विगतका दिनहरुमा पिडा र विलौना गाउने पर्वको रुपमा लिदै आए पनि पछिल्लो समय महिला सशक्तिकरणको अभियानको रुपमा अघि बढेको भन्दै महासंघको कदम प्रति प्रशंसा गर्नु भयो । उहाँले देशको जिम्मेबार पत्रकारिता क्षेत्र रहेकाले पत्रकारिता क्षेत्र मर्यादित भएर सहि र सत्य सूचना नागरिक माझ पु¥याउनु पर्नेमा जोड दिनु भयो ।

उहाँले पत्रकारिता क्षेत्र प्रति आम नागरिकह?को आशा र भरोसा भएकाले समाजलाई सहि गति दिनको लागि पत्रकारिता क्षेत्रले आफ्नो भुमिकालाई निश्पक्ष, तटष्ठ बनाएर अघि बढ्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले तीज धार्मिक आस्था, सामाजिक न्याय र रुपान्तरणको पर्वको रुपमा विकास हुदै गएकाले यसलाई सोहि रुपमा मनाउनको लागि आग्रह गर्नु भयो । उहाँले नेपाल पत्रकार महासंघसँगको साझेदारी र समन्वयमा अन्य विभिन्न कार्यक्रमहरुलाई त्रियुगा नगरपालिकाले सहयोग पु¥याउदै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय कटारीका प्रमुख कोपिला राईले तीजलाई एउटा पर्वको ?पमा मात्रै नभएर यसलाई महिलाहरुको क्षमता, नेतृत्व विकासको पर्वको रुपमा विकास गर्नका लागि बहस र छलफलहरु गर्नु पर्ने अबस्था रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख राईले तीज मनाउने आयामहरु फरक हुदै गएकाले यसलाई महिला सशक्तिकरणको पाटोतर्फ पनि केन्द्रित गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा गैसस महासंघका केन्द्रिय सदस्य सिर्जना पौडेल, पत्रकार महासंघका केन्द्रिय पार्षद तथा महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरका अध्यक्ष बन्दना दनुवार, संचारिका समुहका अध्यक्ष गंगा राईले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा पत्रकार महासंघले कोशी प्रदेश उपसभामुख सिर्जना दनुवार, त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई र कार्यक्रममा सहयोग पुर्‍याउने त्रियुगा उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष तथा रौता पानीका संचालक पर्शुराम चौधरीलाई सम्मान गरेको थियो ।

कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष रेणु पराजुलीले स्वागत तथा सह सचिव रन्जु दनुवारले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रम त्रियुगा नगरपालिका जनतासंग उपमेयर कार्यक्रमको सहयोग, रौतामाई पब्लिकेशनको सहकार्यमा सम्पन्न भएको हो ।