काठमाडौँ
नेपाल एसबिआई बैंक लि. र रामदा एनकोर काठमाडौंबीच बैंकका सम्पुर्ण डेबिट कार्ड प्रयोगकर्ताहरुलाई लक्षित गरीखाना, पेय पदार्थ तथा आवाससुविधाहरुमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
यसैगरीनेपाल एसबिआई बैंक लि. र होलिडे इन रिसोर्ट काठमाडौ बीच पनि बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई लक्षित गरी खाना तथा पेय पदार्थमा१५प्रतिशत म्म छुट दिने सम्झौता भएको छ ।
साथै, बैंकलेहिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्ससँगसमेत दन्त उपचार सेवामाबैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई २०प्रतिशतसम्म छुटप्रदान गर्ने सम्झौता गरेकोे छ ।
उक्त सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख सञ्चालन अधिकृत विकास आनन्द तथा रामदा इनकोर काठमाडौंकी निर्देशक, बिक्री सीता रायमाझी, होलिडे इन रिसोर्ट काठमाडौका निर्देशक, बिक्री बिख्यात बिक्रम राणा, र हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्सका प्रबन्ध निर्देशक राजेन्द्रप्रसाद भट्टका बीच आदानप्रदान भएको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, प्रबिन मुनि बज्राचार्यर होटल तथा हस्पिटलका अन्य वरिष्ठ अधिकारीसमेतको उपस्थिति रहेको थियो ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।











प्रतिक्रिया