वैकल्पिक विकास वित्त विधेयक पारित


काठमाडौं ।

वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभाको अर्थ समितिबाट सर्वसम्मत पारित भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकलाई पारित गर्दै यससम्बन्धी प्रतिवेदन छिट्टै संसदमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।

समिति सभापति सन्तोष चालिसेले विधेयकले मुलुकमा पूर्वाधार निर्माण र प्राथमिकताका आयोजना अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक पारित भइसकेपछि मुलुकको खर्च गर्ने क्षमताअनुसार पर्याप्त स्रोत जुटाउन सकिने बताए। उनले हाल बजेटको अभावमा योजना कटौती गर्नुपर्ने अवस्था हट्ने र विकास योजनाहरूलाई निरन्तरता दिन सकिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार, विधेयकले राष्ट्रिय प्राथमिकताका आयोजनामा स्रोत जुटाउन, सार्वजनिक पूर्वाधारमा विद्यमान लगानीको खाडल पूर्ति गर्न तथा विदेशी लगानी आकर्षित गर्न टेवा पु¥याउनेछ ।

अर्थमन्त्री पौडेलले छिट्टै संसदमा विधेयक प्रस्तुत गरी पारित गरिने अपेक्षा व्यक्त गर्दै यसले मुलुकको समग्र विकास गतिलाई तीव्र बनाउन सहयोग पु¥याउने उल्लेख गर्नुभयो ।