सुनको मूल्य १२ सयले घट्यो, चाँदी पनि सस्तो


काठमाडौं ।

नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेर १ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ।

सोमबार यो मूल्य १ लाख ९६ हजार ३०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला २३ सय रुपैयाँमा कारोबार भइरहेको छ।