सियाकको नियममा सातौं संशोधन


काठमाडौँ
सिंगापुर इन्टरनेशनल आर्बिट्रेसन सेन्टर (एसआइएसी)को नियमको सातौं संस्करण ल्याएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा संस्थाकी उपसल्लाहकार स्निग्धा भट्ट र रणनीति व्यवस्थापक स्टेफी मेरी पुन्नोजद्वारा संयुक्त रुपमा प्रस्तुत कार्यपत्र उल्लेख गरिएको थियो ।

नेपालमा ठूला पूर्वाधार र विकास परियोजनामा विद्यमान विवाद समाधानको प्रमुख माध्यमको रूपमा आर्बिट्रेसन महत्वपूर्ण बनिरहेको उहाँले ताउनुभायो । साथै, परियोजनाको आकार र जटिलता बढ्दै जाँदा—अन्तर्राष्ट्रिय ठेकेदार, वित्तीय संस्था, र सरोकारवाला संलग्न हुने—आर्बिट्रेसनले तटस्थ, कार्यान्वयन योग्य, र प्रभावकारी समाधान प्रदान गर्दछ, जसले कामलाई अवरोध नगरी विवाद समाधानको मार्ग खोल्ने उनीहरुले जानकारी दिए ।

सातौं संस्करण नियमका नवीनतम प्रक्रियागत सुधार जस्तै स्ट्रीमलाइन गरिएको प्रक्रिया, प्रारम्भिक निर्धारण, सुरक्षात्मक प्रारम्भिक आदेश, समन्वित प्रक्रिया, र प्रशासनिक प्रक्रियाको विस्तृत जानकारी दिइएको थियो । कार्यक्रममा नेपालका महान्यायाधिवक्ता, नेपाल विद्युत प्राधिकरणका प्रमुख, मेलम्ची खानेपानी आयोजना बोर्डका प्रतिनिधि, र नेपाली सेना फास्ट ट्रयाक परियोजनाका व्यक्ति उपस्थित रहेका थिए ।

मिडिया जर्नलसँगको संवाददमा रिलायन्स ल फर्मका प्रकृत श्रेष्ठले भने ‘आर्बिट्रेसन नेपालको विकास यात्राको लागि अत्यन्तै महत्वपूर्ण छ, हाम्रो पूर्वाधार महत्वाकांक्षा बढ्दै जाँदा, छिटो, विश्वसनीय, र कार्यान्वयनयोग्य विवाद समाधानको आवश्यकता पनि बढ्छ ।’