डिजिटल पारदर्शिता र समाजको हितमा हुनुपर्छः डा. प्रकाशकुमार श्रेष्ठ


काठमाडौँ
राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले डिजिटल पारदर्शिता र समाजको फाइदाका लागि हुनुपर्नेमा जोड दिनुभएको छ ।

डिजिटल नेपाल लेभ २०२५ मा बोल्दै श्रेष्ठले डिजिटल पारदर्शिता र समाज केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “डिजिटल विधिको विकास आफैमा एउटा इनोभेसन हो । डिजिटल विधिको योगले अन्य क्षेत्रमा थप इनोभेसन भइरहेको छ । सबै इनोभेसनले समाजको वास्तविक समस्या समाधान गर्नुपर्छ । डिजिटल पारदर्शिता केन्द्रित र समाजको हितमा हुनुपर्छ ।“

विधिको विकासले सिमान्तकृतको आवाज उठाउन मदत गरेको बताउँदै श्रेष्ठले नेपाल जस्तो भुप्रभुरिवेष्ठित राष्ट्रका लागि सूचना विधि “भाइटल सोलुसन“ हुन सक्ने जानकारी दिनुभयो ।

उनले भन्नुभयो, “हामीले परम्परागत पमा सामानहरू उत्पादन गरेर चीनजस्ता देशसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । किनभने हाम्रो उत्पादकत्व र प्रतिस्पर्धी मात्रा कमजोर छ । तर आईटीमा हामी एक्सेल गर्न सक्छौं । भुपरिवेष्ठित राष्ट्रले भोल्नुपरेका बाधाहरू टुंगाउन सक्छौं, जसले गर्दा वैकल्पिक पमा हामी आधानी गर्न सक्छौं । यसका लागि सरकार र निजीक्षेत्र मिलेर अगाडि बढ्नुपर्छ ।“

कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्र आयात रेमिट्यान्समा आधारित भएको अवगत गराउँदै डिजिटल विधि र इनोभेसनले देशको अर्थतन्त्रका लागि आशा गर्न सकिने आधार दिएको बताउनुभयो ।

विधिको विकासले अवसरसँगै साइबर सुरक्षामा चुनौती दिएको समयमा अब डिजिटल सार्वभौमिकतामा काम गर्नुपर्नेमा जोड दिनुभयो ।